Logo

तपाईलाई ग्याष्ट्रिकको समस्याले सतायो ? त्यसको लागि यसो गर्नुहोस्



Spread the love

एजेन्सी । पेटमा एसिड भएमा यसले विभिन्न किसिमको स्वास्थ्य समस्या निम्त्याउँछ । लामो समयसम्म एसिडिटीको समस्या रहेमा अम्लपित्त नामको रोग लाग्ने गर्छ ।

त्यसबाहेक, अत्याधिक मात्रामा पिरो, अमिलो तथा मसलेदार खानेकुराको सेवन, चिया, कफी, मदिरा, धुमपान आदीको सेवनले पनि एसिडिटी बढ्ने गर्छ । एसिडिटी भएमा पेट, छाती तथा घाँटी पोल्ने, अमिलो डकारका साथमा अमिलो पानी आउने गर्छ ।

तपाईलाई ग्याष्ट्रिकको समस्याले सतायो त्यसको लागि यसो गर्नुहोस्:

-एक कप पानीमा आधा चम्चा बैकिङ्ग सोडा र दुई चम्चा कागतीको रस मिलाएर पिउने ।
-तारेको तथा अत्याधिक मसला प्रयोग गरिएको खानबाट बच्नु पर्छ ।
-विहान खाली पेटमा मनतातो पानीको सेवन गर्नुपर्छ ।
-एसिडिटी हुनेले घरमै बनाएको खाना खान आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्