Logo

कपिल शर्माको नयाँ शो सुरु(भिडियोसहित)



Spread the love

भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माको नयाँ रियालिटी शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ सुरु भएको छ ।लगभग छ महिनाको अन्तरालपछि अब कपिल शर्मालाई नयाँ शो मार्फत टेलिभिजन स्क्रिनमा देख्न पाइने भएको छ । सानो पर्दा र ठूलो पर्दा दुबैमा आफ्नो पहिचान उच्च राख्न सफल कमेडियन कपिल शर्माको नयाँ शो फ्यामिली टाइम विथ कपिल सुरु भएको छ ।जसमा पहिलो गेस्ट बलिउड अभिनेता अजय देवगन रहेका थिए । शोमार्फत उनले आफ्नो नयाँ चलचित्र ‘रेड’ को प्रमोशन गरेका थिए । ‘गेम शो’  भए पनि  यसमा कमेडीकै दबदबा रहेको छ ।

केही महिनाअघि सहकर्मी सुनिल ग्रोभरसँग भएको झगडाका कारण कपिल विवादमा रहेका थिए । उनीहरुबीचको विवाद यहाँसम्म पुग्यो कि सुिनल शो नै छाड्न बाध्य भए ।  अहिले सुनिल विभिन्न स्टेज शो गरिरहेका छन् ।

कमेडि नाइट विथ कपिल शो पछि अब फ्यामिली टाइममा कपिलले हसाउँने मात्र होइन् त्यहाँ उपस्थित प्रत्यक्षदर्शीलाई मालामाल गर्नेभएका छन् । यो शो एक हसाउने शो मात्र नभएर एक खेल पनि हो ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/ZBgOY-ClYL8

प्रतिक्रिया दिनुहोस्