Logo

सलमान खान अभिनित चलचित्र ‘रेस ३’को पोस्टर रिलिज



Spread the love

बलिउड सुपर स्टार सलमान खान अभिनित चलचित्र रेस-३ को पहिलो पोस्टर सार्वजनिक भएको छ ।आजसम्म सलमान भिलेनको भूमिकामा देखिएका थिएनन् तर उनी यस चलचित्रमा साइकोलोजिकल भिलेनको भूमिकामा देखिनेछन् । चलचित्रको लुकसँगै चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ ।

सलमानको होम व्यानरमा बनिरहेको फिल्मलाई रेमो डिसुजाले निर्देशन गरिरहेका छन् । यो फिल्म ‘रेस’ सिरिजको तेस्रो फिल्म हो ।

यो सिरिजका अघिल्ला फिल्ममा सैफ अली खान मुख्य भूमिकामा थिए । तेस्रो फिल्ममा भने सलमान खान देखिँदैछन् । उनी यही फिल्म मार्फत पहिलो पटक नेगेटिभ भूमिकामा देखिने बताइएको छ ।

फिल्ममा सलमानसँगै अनिल कपूर, बबी देओल, ज्याकलिन फर्नान्डिस, साकिब सलीम, डेजी शाह, आदित्य पन्चोली, पूजा हेगड़े लगायतको मुख्य भूमिका रहनेछ । फिल्म जुन १५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्