Logo

चर्चित गायक शक्ति चन्दको लय तथा शब्दमा नयाँ गीत ”चरिले गुड सार्यो” सार्बजनिक (भिडियो)



Spread the love

लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बहुचर्चित गायक शक्ति चन्दको  लय/शब्द तथा स्वर रहेको मर्मस्पर्शी लोक गित सार्बजनिक  भएको  छ । चर्चित गायक शक्ति चन्द र गायिका बिष्णु माझीको स्वरमा “चरिले गुड सार्यो”हालै सार्बजनिक भएको छ । शक्ति चन्दको संगीत रहेको यस गीतमा शब्द सङ्कलन पनि चन्दले नै गरेका छन।मध्यपश्चिममा ज्यादै रुचाईने सिंगारु गीत लगाएत टप्पा गीत गाएर चर्चाको शिखर चुमेका गायक चन्दले यस अघि धेरै गीतहरुमा आवाज दिइसकेका छन।नृत्य निर्देशक प्रबिन भट्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा महेन्द्र गौतम र सारिका के सीको नृत्य तथा अभिनय देख्न सकिन्छ ।यस भिडियोलाई छायांकन करण चैसिरले गरेका छन भने सम्पादन मनोज कार्कीले गरेका छन। यस गीतलाई हाम्रो टिभी नेटवर्क युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/tt11WGc6Oao

प्रतिक्रिया दिनुहोस्