Logo

सन्दीप क्रिकेटसँगै अब गायन क्षेत्रमा पनि



Spread the love

नेपाली क्रिकेट जगतमा निकै चर्चित नाम सन्दीप लामिछानेले आफ्नो पहिलो सांगीतिक एल्बम प्रकाशित गर्ने भएका छन् । १६ बर्षे युवा लेग स्पिनर सन्दीपले ट्वीट गर्दै आफ्नो सांगीतिक एल्बम आउन लागेको बताएका छन्  ।सन्दीप एउटा गीतमार्फत सार्वजनिक भएका छन् । आफ्नो ट्वीटमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गर्दै यस्तो लेखेका छन् ।

“गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु, मेरो आगामी एल्बम ‘प्रतिक्षा” तपाईमाझ प्रस्तुत गर्दैछु ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/uf8tSk0iWyg

प्रतिक्रिया दिनुहोस्