Logo

असल लेखनका लागि सुप्रसिद्द अंग्रेजी साहित्यकार पाउलो कोहेलोका अमुल्य आठ टिप्स |



Spread the love

FB_IMG_1472473149712अंग्रेजी साहित्यप्रति रुची राख्ने समग्र साहित्य पारखीहरुका लागि सु-परिचित नाम हो–पाउलो कोहेलो । लेखेरै पनि संसारभर आफ्नो स्टारडम स्थापित गर्न सफल थोरै लेखक मध्ये पर्छन् उनी । उनको सबैभन्दा लोकप्रिय उपन्यास ‘द_अल्केमिस्ट’ विश्वभरिका करिब अस्सी भन्दा बढी भाषामा अनुवादित भइसकेको छ । त्यसैगरी झन्डै बिस करोड भन्दा बढीको हाराहारीमा यसका प्रतिहरु संसारभर बिक्री बितरण भइसकेका छन् । लेखक जिवित छदैं यति धेरै भाषामा अनुवादित पहिलो पुस्तक भएकाले उनको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ मा पनि लेखिएको छ । यसबाहेक उनका ‘बृडा’, ‘द जाहिर’, ‘एडल्ट्री’, लगाएतका थुप्रै उपन्यासहरु प्रकाशित छन् । उनी साहित्यकार हुनुका साथसाथै एक कुशल गीतकार एवम् निर्देशक पनि हुन् । ‘पाउलो कोहेलो’, नेपालमा विदेशी लेखकहरु मध्ये सबैभन्दा धेरै पढिइने लेखक हुन् । उनै सुप्रसिद्द लेखक ‘पाउलो कोहेलो’ले एक  पत्रीकामा असल लेखनका लागी उनका अमुल्य आठ सुझाब पेश गरेका छन् । हामीले त्यसलाई पंत्तीगत रुपमा निम्नानुसार अनुवाद गर्ने सानो प्रयास गरेका छौ :-

१. तपाईं केबल ती कुराहरु मात्र लेख्नुस्, जुन सदियौं देखी लेखिइन खोज्दैछन् । तर कसैले लेख्न खोजिरहेका छैनन् । र दिमागमा यत्ति एउटा कुरा याद राख्नुस कि अब तपाईंले पनि नलेखे अरु कसैले लेख्नेवाला छैन् | किनभने यसबारे तपाईंलाई जति अरु कसैलाई थाहा छैन |

२. तपाईंको रचनाको पहिलो वाक्य यस्तो बनाउनुस् कि यो नै तपाईंको अन्तिम वाक्य सम्म डोर्याउने पदमार्ग बन्न सकोस् ।

३. कथा भन्ने नयाँ-नयाँ स्टाइलहरु खोज्दै नहिड्नुस् । स्टाइल त केवल मान्छेको पहिरन मात्र हो ।  पहिरन ले कहिल्यै भित्री कुराको संकेत गर्न सक्दैन । यो त फेशन हो । फेशनको पछि नलाग्नुस् | बरू केही यस्तो गर्नुस् कि तपाईंका हरेक कृयाकलाप फेशन बन्न थालुन् |

४. अध्य्यनशिल र ओजनदार जस्ता लाग्ने शब्दहरुले आफ्नो रचनालाई अल्छिलाग्दो नबनाउनुस् । सकेसम्म सरल र मिठासपन  ल्याउने कोसिस गर्नुस् । किनकी पाठक तपाईंको हृदय पढ्न खोजिरहेका हुन्छन् न कि तपाईंको बौद्दिक ज्ञान ।

५. लेख्ने क्रममा तथ्य र घटनाहरु संकलन गर्ने झन्झट तिर नलाग्नुस् । किन्तु तपाईं एउटा अबलोकनकर्ता मात्रै नभएर, आफ्नो पृथक जिन्दगी जिउँदै गरेको जिबित बस्तु पनि हुनुहुन्छ । त्यसकारण बिल्कुल मनका कुरा लेख्ने कोसिस गर्नुस् ।

६. तपाईंका रचनाहरू पढ्न मन पराउने पाठकप्रति सधै बिश्वास राख्ने गर्नुस् । जहिल्यै एउटै कुरालाई तन्काएर पाठकलाई मुर्ख बनाउने कोसिस नगर्नुस् । केहि कुराहरु संकेतको रुपमा पाठककै भागमा छोड्दिनु नै बेस हुन्छ । ताकि उनीहरुलाई पनि आ-आफ्नो कल्पनाशिलताको भरपुर उपयोग गर्ने अबसर प्राप्त होस् ।

७. आफ्ना आलोचकहरुसँग कहिल्यै नडराउनुस् । तिनीहरु नै हुन्, जो सधैं तपाईंलाई सुधार उन्मुख बनाइ रहन्छन् । ख्याल गर्नुस् त केबल तपाईंका आफ्ना पाठकहरुको किनकी अन्तिम सम्मका सहारा उनिहरुनै त हुन् ।

८.आफ्नो मिहिनेत-परिश्रममा सधै बिश्वस्त रहनुस् । परिआए आफ्नो रचनाको झ्याली पिट्नै परे पनि पछि नपर्नुस् । यदि कसैले पढ्दैन भने के अर्थ रह्यो र तपाईंको अमुल्य प्रयासको । त्यसैले लेखेको कुरा सो-अप गर्न कहिल्यै नहिच्किचाउनुस् | किनकी सफल अक्सर उनीहरु नै हुन्छन्, जो आफ्नो मिहिनेत अरुलाई बिश्वस्त भएर देखाउन सक्छन |

( सन्दर्भ सामग्री :- विकिपेडिया लगायत अन्य वेबसाइटहरू…!)

प्रतिक्रिया दिनुहोस्