२३ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओलीलाई रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ।
ओलीले बिहीबार दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिममा स्थगित गरिएको छ।
एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली सामान्य बिरामी परेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्