Logo

अखिल क्रान्तिकारी ताहाचल द्वारा सप्ताह व्यापी सरसफाई कार्यक्रम संचालन



Spread the love

अखिल (क्रान्तिकारी) ताहाचल क्याम्पस समितिले सप्ताह व्यापी सरसफाई कार्यक्रम संचालन गरेको छ । चैत ४ गते देखि सुरु भएको सरसफाई कार्यक्रम १० गते सम्म हुदैछ ।

“हामी विद्यार्थी, हाम्रो क्याम्पस, सफा रहौँ, सफा राखौँ ” भन्ने मूल नाराका साथ सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ ।

सरसफाई कार्यक्रममा निमित्त क्याम्पस प्रमुख गोविन्द बहादुर कटवाल, सहायक क्याम्पस प्रमुख डा बिष्णु खनाल र विद्यार्थीको सहभागिता रहेको थियो ।

विद्यार्थीलाई स्वच्छ वातावरणमा पठन पाठन गराइ त्रिभुवन बिश्वबिधालयको आंगिक क्याम्पस साथै शिक्षाशास्त्र संकायको नेपालकै ठुलो क्याम्पसमा विगत १८ महिना देखि कार्यकारी नहुदा निमित्त क्याम्पस प्रमुखले क्याम्पस चलाउँदा अस्तव्यस्त भएकोले क्याम्पसलाई गुणात्मक शिक्षा हासिल गराउन सप्ताह व्यापी सरसफाइ कार्यक्रमको आयोजना गरिएको ताहाचल इकाई समितिका अध्यक्ष टोपेन्द्र ओलीले सल्लेरी खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्