एजेन्सी। चीनका अनुसन्धानकर्ताले कफी र चिया पिउँदा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने कुरा पत्ता लगाएको छ । चीनको तियानजिन मेडिकल युनिभर्सिटीका अनुसन्धानकर्ताले १० देखि १४ वर्ष लगाएर उक्त अध्ययन गरेका हुन् ।
अध्ययनअनुसार दैनिक चिया वा कफी सेवन गर्दा मस्तिष्कघात र डिमेन्सिया जोखिम कम हुन्छ । दिनमा कम्तिमा २ देखि ३ कप कफी, ३ देखि ५ कप चिया वा चिया र कपी दुवै गरी ४ देखि ६ कप पिउने मानिसमा मस्तिष्कघात र डिमेन्सियाको जोखिम कम हुने अनुसन्धानकर्ताले बताएका छन् ।
चिया वा कफी मात्रै पिउँदा दुवै जोखिम कम हुन्छन् । तर दैनिक २ देखि ३ कप कफी वा चिया सेवन गर्दा सबैभन्दा प्रभावकारी हुने अध्ययनको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्