
३ मंसिर, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ। सुनको मूल्य आज १०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
हिजो विहिबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
बिहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्