Logo

‘जंक फुड’ रोक्न विद्यालयमा भान्सा



Spread the love

कक्षाकोठाको पल्लो छेउमा बनाईएको अगेनामा भीमेश्वर नगरपालिका ७ मकैबारीस्थित बाहुनगाउँकी सुशीला काफ्ले आगो सल्काउँदैछिन् ।

छेउमै उनकी छिमेकी छत्रछायामा सुवेदी आलु ताछ्दैछिन् । 

केहि बेरमा सुशीलाले अगेनामा भाँडो वसालिन् आलु गेडागुडी भुटेर झोल हालेपछि तरकारी पाक्यो ।
लगत्तै पिठो मुछेर उनीहरुले रोट पनि तयार पारे ।

उनीहरुले पकाईतुल्याईसकेको केही बेरमा टिनटिनीनी घण्टि बज्यो ।

विद्यालयका बालबकालिका लाम लागे ।

सदरमुका चरीकोटनजकिको मकैबारी गाउँस्थित आधारभुत विद्यालयमा एउटा कोठामा बनाईएको भान्सामा खाजा पकाउन खटिएका सुशीलाई र छत्रछायाको उदेश्य व्यापार गर्नु भने होईन ।, यो विद्यालयमा दैनिक यसरी नै खाजा पाक्छ ।
विद्यालयमै पुगेर आफ्ना अभिभावकले पकाएको स्वच्छ खाजा यहाँका विद्यार्थीले खान्छन् भन्ने खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्