Logo

‘अमेरिका बोइज’को टिजर सार्वजनिक



Spread the love

जेष्ठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा अमेरिकाबाट आएका युवाको साथै पान, युवती लगायतका कुरालाई रमाइलो तरिकामा प्रस्तुत गरिस्एको छ । टिजरमा अर्पण थाप, सनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, हरिहर शर्मा, अभय बराल, आशिष् प्रसाँई, श्रृष्टि कार्की लगायतका कलाकार फिचर छन् ।सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलले निर्माण गरेको यस चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् ।चलचित्रमा विवेक पाण्डेको कथा रहेको छ । कमेडी जनरामा बनेको चलचित्र झापा र काठमाडौँमा छायाङ्कन गरिएको हो । चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् छन् भने चलचित्रमा दीपक आर.जे र जयान जे. बाइवाको सङ्गीत रहेका छन् ।

हेर्नुहोस् टिजर:

https://youtu.be/1nlXzXQvEbM

प्रतिक्रिया दिनुहोस्