Logo

सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को पोष्टर आउट



Spread the love
बलिउड सुपरस्टार सलमान खानको नयाँ फिल्म ‘रेस ३’ को दुईवटा पोष्टर रिलिज भएको छ । गएको हप्ता सलमानले सोसल मिडियामार्फत फिल्मको लोगो सार्वजनिक गरेका थिए ।उनले फिल्मको फर्स्ट पोष्टर सोसल मिडियामा सार्वजनिक गर्दै लेखेका छन्, ‘यो हप्ता मिलाउने छु ‘रेस ३’ को फेमिलीसँग । मेरो नाम हो सिकन्दर । स्वार्थी तर निस्वार्थ ।’ सलमान खानको यो लुक्सले अनुमान लगाउन गाह्रो छैन कि फिल्ममा उनको जर्बजस्त एक्सन हेर्न पाइनेछ ।
सलमानले आजसम्म फिल्ममा भिलेनको भूमिका निर्वाहा नगरेका कारण उनले ‘रेस ३’ मा नेगेटिभ रोल चयन गरेका हुन् । उक्त फिल्ममा उनको रोल पूरै नेगेटिभ भने छैन । उनी ‘रेस ३’ मा साइकोलोजिकल भिलेनको भूमिकामा देखिँदैछन् ।सलमानको लुकसँगै फिल्मको रिलिज डेट पनि कन्फर्म गरिएको छ । पोष्टरमा फिल्मको रिलिज डेट १५ जून उल्लेख छ । यस फिल्ममा सलमान खानका अलावा ज्याकलीन फर्नान्डिस, अनिल कपूर, डेजी शाह, बबी देओल र साकिब सलीम जस्ता एक्टर्स पनि देखिँदैछन् ।
स्मरण रहोस्, सलमानको गएको २२ डिसेम्बरमा फिल्म ‘टाइगर जिन्दा हे’ प्रदर्शनमा आएको थियो । भारतीय बक्सअफिसमा ३ सय करोडभन्दा बढी कलेक्सन गरेको यो फिल्मका कारण ‘रेस ३’ लाई ठूलो फाइदा पुग्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्