राष्ट्र निर्माण तपाईं हाम्राे अभियान भन्ने मूल नाराका साथ धुर्मुस सुन्तली फाउण्डेशनद्वारा सिन्धुपाल्चोक जिल्लाकाे गिरानचाैरमा भूकम्प पीडित बासिन्दाहरुकाे लागि निर्माण हुँदै गरेको एकीकृत नमुना बस्तीमा भाद्र ११ गते शनिवार नेपाल उसुका साग गेममा पदकधारी खेलाडी गाेल्ड मेडलीस्ट निमा घर्ती मगर, सिल्भर मेडलीस्टहरु विजय सिन्जाली मगर, युवराज थापा मगर र विश्व बुढामगर ब्राेन्ज मेडलीस्ट राजेश चाैधरी , राष्ट्रिय खेलाडीहरु बद्री थापा, चित्र सिंह ठकुरी, वीरमान तामाङ, लुमन्ती श्रेष्ठ, पुरुषाेतम पाेखरेल, अशाेक बुडामगर तथा उसु प्रशिक्षकहरु धनगाेविन्द महर्जन, शंकर भुजेल ले श्रमदान गरेका छन् ।
जसकाे नेतृत्व नेपाल अार्मीका उसु प्रशिक्षक तथा नेपाल उसु संघका उपाध्यक्ष राजीब महर्जनले गरेका थिए ।
यसैक्रममा खेलाडीहरुले राष्ट्र निमार्णका जुनसुकै कार्यमा पनि सहयाेग गर्ने तथा अनाथ, असहाय बालबालिका, माईती नेपालमा रहेका बालबालिका तथा महिलाहरुकाे लागि निःशुल्क मार्सल अार्ट (अात्मरक्षा) का तालिम दिने उपाध्यक्ष महर्जनले जानकारी दिए । “राष्ट्रका लागि खेलकुद ” भन्दै खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रकाे लागि सदा लाग्नुपर्नेमा उसु प्रशिक्षकहरु र खेलाडीहरुको भनाई रहेको थियो ।
सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले क्यामेरामा कैद गरेका केही तस्बिर