Logo

त्रिशुली नदीमा यसरी बन्दैछ पुल



Spread the love

तनहुँ र चितवनको सीमा मुग्लिनस्थित त्रिशुली नदीमा पुल निर्माणको काम तिव्र गतिमा हुन थालेको छ । अहिले बन्दै गरेको नयाँ पुल निर्माण गर्न दैनिक २५ जना कामदार खटिएका छन् । बर्खाको समयमा त्रिशुलीमा पानीको बहाव धेरै हुने र पुल निर्माण गर्ने सतह अग्लो स्थानमा भएकाले चाँडै काम सम्पन्न गर्ने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

२०७१ साल फागुनबाट निर्माण सुरु गरिएको यो पुलको हाल बिम, डभी र फर्मा निर्माणको काम भइरहेको छ । १४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो मोटरेवल पुल नेपालकै नमूना हुने निर्माण कम्पनीले जनाएको छ ।

एलाइट एड्भेन्चर जेभी चितवनले पुल निर्माणको जिम्मा लिएको छ । एलाइट एडभेञ्चर जेभीका प्रबन्धक मोतिलाल शर्माले असार मसान्तसम्ममा काम सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्