Logo

एकैपटक एक आमाले जन्माइन् सात बच्चा , ६ बच्चाको निधन



Spread the love

एजेन्सी । पाकिस्तानको ऐबटाबाद सहरमा एक आमाले एकै साथ सात बच्चालाई जन्म दिएकी छन्। गत साता ऐबटाबादमा जिन्ना इन्टरनेसनल अस्पतालमा एक महिलाले सात बच्चालाई जन्म दिएकी हुन् ।

तर, यीमध्ये ६ बच्चाको निधन भएको छ । एकको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सबै बच्चाले आवश्यक पोषण नपाएकाले उनीहरुको मृत्यु भएको चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्