Logo

बेठीक गर्ने एमाले नै भए पनि छुट पाउँदैनन् : श्रममन्त्री बिष्टको प्रतिवद्धता



Spread the love

काठमाडौंँ, चैत ४ गते । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले गलत काम गर्ने जोकसैलाई पनि नछाड्ने चेतावनी दिएका छन् ।

आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउने सन्दर्भमा गलत काम गर्ने कसैसँग सम्झौता नगर्ने बताए ।

‘तपाईंहरु यति कुरा महसुस गर्नुस्, इमानका साथ काम गर्नेलाई म प्रोमोट नै गर्छु, चाहे जुनसुकै पार्टीमा आस्था राख्ने होस्,’ विष्टले भने,’तर, बेठीक गर्नेलाई छुट दिने छैन । म एक ठाउँमा पनि तपाईंहरुले प्रश्न उठाउने गरी काम गर्ने छैन ।’

‘प्रस्तावित नयाँ वैदेशिक रोजागर ऐन मैले हेर्न पाएको छैन । जे-जति तयार तथा लागू भएका र प्रस्तावित ऐन कानुन, नीति नियम र योजना छन् । त्यसको अध्ययन गरेर आवश्यक निर्णय लिन्छु ।’

‘प्रस्तावित ऐन कति पूर्ण छ मलाई थाहा छैन, विज्ञ र अनुभवी र सरोकारवालासँग बसेर व्यवहारिक बनाउन छलफल गर्छौं,’ विष्ट भन्छन्, ‘दशौं, बिसौं पटक छलफल हुन्छ । ऐन जनता र राष्ट्रकै सम्मान माथि उठ्ने गरी बनाउने हो । कुनै अदृश्य शक्तिको इन्ट्रेस्टमा बन्दैन ।’

अहिले म्यानपावर ब्यवसायीहरु ऐन आफू अनुकुल बनाउन लबिङमा छन् । लामो समयदेखि ड्राफ्ट भएर पनि ऐन संसदमा पेश भएको छैन । अब मन्त्री विष्टले भने ऐनलाई अघि बढाउन गृहकार्य सुरु गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्