Logo

उपराष्ट्रपतिमा पासाङ निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगको घोषणा



Spread the love

 

उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ दोस्रो कार्यकालका लागि उपराष्ट्रपति पदमा निर्वाचित भएका छन् । उनको विपक्षमा कुनै पनि उम्मेदवार नउठेपछि औपचारिक रूपमा निर्वाचन आयोगले पासाङलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

जनयुद्धमा तत्कालीन नेकपा माओवादीका सैन्य कमान्डर रहेका नन्द बहादुर पुन ‘पासाङ’लाई निर्वाचन आयोगले निर्विरोध निर्वाचित भएको पत्र दिएको छ ।

प्रतिक्रिया दिनुहोस्