Logo

काठमाडाैँमा थपियो कुमारी बैंकको नयाँ शाखा, व्यवसायीलाई वित्तीय सहयोग गर्ने प्रतिबद्धता



Spread the love

४ कार्तिक, काठमाडाैँ । कुमारी बैंक लिमिटेडले काठमाडाैँमा शाखा बिस्तार गरेको छ । नेपालको अग्रणी बैंक मध्ये एक कुमारी बैंकले बुधबार काठमाडाैँको सिफलमा नयाँ शाखा औपचारिक रुपमा बिस्तार गरेको हो ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

यो सहित बागमती प्रदेशमा कुमारी बैंकका जम्मा शाखाको संख्या ८४ पुगेको छ । पछिल्लो २० वर्षदेखि सेवा दिइरहेको कुमारी बैंकका देशभर करीब २०० शाखाहरू रहेका छन् ।


कुमारी बैंकले देशव्यापी १९६ शाखा, १७३ एटिएम, १४ विस्तारित काउन्टर लगायत ३३ शाखारहित बैंकिंग इकाईहरु मार्फत अत्याधुनिक बैंकिंग सेवा दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्