Logo

बागचौर नगरपालिकाले गर्‍यो आगालागि पीडितहरूलाई राहत वितरण



Spread the love

शनिवार बांगेलाखुरी बजारमा घटेको आगालागिको घटनाका पीडितहरूलाई बागचौर नगरपालिकाले अत्यावश्यक राहत सामग्री वितरण गरेको छ ।

आज बागचौर नगरपालिकाको आकस्मिक कार्यपालिकाको बैठकले घटना प्रति दुख व्यक्त गर्दै आज नै अत्यावश्यक राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो । नगर प्रमुख लोकमान बुढाथोकीको नेतृत्वमा गएको टिमले राहत वितरण गरेको छ । शनिवार घटना हुन बित्तिकै नगर प्रमुख लोकमान बुढाथोकीको नेतृत्वमा नगरपालिका, प्रहरी र सल्यान रुकुम यातायातको टिम घटना स्थल पुगेको थियो ।

त्यस्तै घटना बारे छानबिन गर्न उप-प्रमुख कल्पना पुनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ र समितिलाई ७ गते भित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा दिएको छ । कार्यपालिकाको बैठकले जुन उद्देश्य लिएर पसल दर्ता भएको छ, सो कार्य मात्र गर्ने निर्देशन दिएको छ साथै दर्ता भन्दा बाहिरको कार्य गरेको पाइएमा कारबाही गर्ने जनाएको छ ।

साथै राहत वितरण एक द्वारा प्रणाली मार्फत गर्ने र राहत वितरणको जिम्मा बाङेलाखुरी बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय बाङेलाखुरीलाई दिने निर्णय गरेको नगर प्रमुख लोकमान बुढाथोकी जानकारी दिएका छन् ।

शनिवार सल्यानको वांगेलाकुरी बजारमा आगलागीमा भएको थियो । आगलागीबाट दुई करोड भन्दा बढीको क्षति भएको अनुमान रहेको छ । आगलागीबाट ३ वटा किराना पसल, २ वटा होटेल, एउटा सुन पसल, एउटा फेन्सी पसल, एउटा सिलाइ पसल, एउटा घर र ३ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्