Logo

समृद्धि र शान्तिका लागि घरमा राख्नुहोस् लक्की ब्याम्बो, यसरी गरौँ स्याहारसुसार



Spread the love

पछिल्लो समय लक्की ब्याम्बो धेरैको घरमा राखिएको हुन्छ । यो बिरुवाको उत्पत्ति भने जापानबाट भएको मानिन्छ । फेङसुई चिनियाँ ज्योतिष शास्त्रको हिस्सा हो । यसमा बेम्बो प्लान्टलाई शुभ मानिन्छ, जसलाई घरमा राख्दा सुख र समृद्धि हुने भनिएको छ । फेङसुईका अनुसार जसरी बेम्बो प्लान्ट धेरै समस्या झेलेर पनि सिधा उभिन्छ, त्यसरी नै मानिस पनि जीवनमा हरेक समस्या आउँदा आत्तिएर झुक्नु हुँदैन । वास्तुअनुसार यो बिरुवा घरमा राख्दा शुभ र भाग्य बलियो हुने मान्यता छ ।

बिरुवालाई घामको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ । तर, बिरुवा बढ्नका लागि भने पर्याप्त उज्यालो चाहिन्छ । यो बिरुवालाई धेरै पानीको आवश्यकता पर्दैन । पानीमा बिरुवा राख्दा जरासम्म डुब्ने गरी पानी राख्नुपर्छ । यसलाई पूरै सुख्खा हुन दिनुहुँदैन । चिसो हावा आउने ठाउँमा बिरुवा राख्नुहुँदैन । त्यसका साथै धेरै तातो वा धेरै चिसो हुने ठाउँमा यो बिरुवा सप्रिँदैन ।।

यसलाई घरमा राख्नुका फाइदाहरु यस्ता छन्
-समृद्धि र शान्ति ल्याउँछ ।
-यो बिरुवाले घरको सजावटमा थप सुन्दरता वृद्धि गर्छ ।
-यसले घरको नकारात्मक ऊर्जालाई हटाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्