Logo

गुल्मीमा छोराद्वारा बाबुमाथि खुकुरी प्रहार



Spread the love

१ कार्तिक, गुल्मी । गुल्मीमा छोराले आफ्नै बाबुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

जिल्लाको धुर्कोट गाउँपालिका ४ जैशिथोकका २९ वर्षिय राजेन्द्र घर्तीमगरले आफ्ना बाबु अन्दाजी ५५ वर्षिय हरि घर्तीमगरलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरायसी विवादका कारण बाबुमाथि खुकुरी प्रहार भएको बताइएको छ । आज बिहान १०:३० बजेको समयमा खुकुरी प्रहार भएको हो ।


घाइते हरि बहादुरको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ भने खुकुरी प्रहारपछि फरार भएका राजेन्द्र घर्तीमगरलाई प्रहरीले खोजि गरिरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्