Logo

नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)



Spread the love

पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक गरेका छन् ।अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको ‘तिमी साथ भएपछि…’ शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन् । गजलकार वाग्लकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजललाई गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो ।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आचल शर्माले अभिनय गरेका छन् । अभिनेता पल तथा अभिनेत्री आचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन् ।उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोमा सुरेन बसेलको कोरियोग्रँफी छ ।गजलकार सुरेश वाग्ले गायक शिव परियारको सांगीतिक जीवनको पहिलो गजल ‘जति बिस्र्यो तिम्रो याद…’ का रचनाकारको रुपमा समेत चिनिन्छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/L09aejfob7Y

प्रतिक्रिया दिनुहोस्