Logo

नवरात्रि – कुन राशीले कुन देवीको पुजा आराधना गर्ने ?



Spread the love

नवरात्रिमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। नवरात्रिमा हामी नौ देवीहरुको पुजा आराधना गर्छौ ।

हामीलाई हाम्रा हरेक देवीप्रति समान आराधना र विश्वास रहेको हुन्छ । आफ्नो राशी अनुसार देवीको आराधना गर्दा हरेक क्षेत्रमा आफुले चाहे अनुरुपको सफलता हात लाग्ने गर्दछ । कुन राशीले कुन देवीको पुजा उपयुक्त हुन्छरु

मेष राशि
यस राशि भएका व्यक्तिले नील–सरस्वती अथवा माता शैलपुत्रीको साधना गर्दा आफुले चाहेको सफलता प्राप्त हुन्छ ।

बृष राशि

यस राशि भएका व्यक्तिहरुले भगवती षेडशी–श्री बिद्या अथवा माता ब्रम्हाचारिणीको साधना गर्नु राम्रो हुन्छ।

मिथुन राशि

यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको पुजा गर्नु पर्छ ।

कर्कट राशि

यो राशि भएका व्यक्तिले माता सिद्धिदात्रीको आराधना गर्नु राम्रो हुन्छ ।

सिंह राशि

यो राशि भएका व्यक्तिले पीताम्बरा अथवा माता कालरात्रिको उपासना गर्नु पर्छ ।

कन्या राशि

यो राशि भएका व्यक्तिले माता भुवनेश्वरी अथवा माता चन्द्रघण्टाको पुजा गर्नु पर्छ ।

तुला राशि

यो राशि भएका व्यक्तिले श्री बिद्या माता षोडशी अथवा माता ब्रम्हाचारिणीको पुजा अर्चना गर्दा राम्रो हुन्छ ।

वृश्चिक राशि

यो राशि भएका व्यक्तिले भगवती तारा अथवा माता शैलपुत्रीको उपासना गर्नु पर्छ ।

धनु राशि

यस राशि भएका व्यक्तिले माता मंगला अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।

मकर राशि

यो राशि भएका व्यक्तिले माता जयंती अथवा माता सिद्धिदात्रीको पुजा गर्नु पर्छ ।

कुम्भ राशि

यस राशि भएका व्यक्तिले माता भद्रकाली अथवा माता सिद्धिदात्रीको उपासना गर्नु पर्छ ।

मीन राशि

यस राशि भएका व्यक्तिले माता कमला अथवा माता सिद्धिदात्रीको पुजा गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्