२१ असोज, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बिहिबार सुन ५०० रुपैयाँले बढेर तोलामा ९० हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ । बुधबार ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको छ । बुधबार एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ११७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्