Logo

नवरात्रमा पुजा गरिने नौ देवीको सम्बन्ध कस्तो छ नवग्रहसंग ?



Spread the love

आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदा देखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टिका र जमरा लगाउने चलन छ । देवीको दर्शनका लागि विभिन्न मन्दिरहरु जान्छौं । नवदूर्गाको पूजाको आफ्नै विधि–विधानहरु छन् । हरेक देवीका रुपको आफ्नै छुट्टै महत्व रहेको छ ।

देवीका स्वरुपहरु

शैलापुत्री – देवी शैलपुत्री देवीका नौ रुपहरु मध्येकी प्रथम रुप हुन् । उनको पूजा गर्दा चन्द्रमासँग सम्बन्धित दोष समाप्त हुने विश्वास छ ।

ब्रह्मचारिणी – देवी ब्रह्मचारिणीको पूजाले मंगल ग्रहको नराम्रो प्रभाव हटाउँछ ।

चन्द्रघण्टा – देवी चन्द्रघण्टाको पुजाले शुक्र ग्रहको प्रभाव कम हुन्छ ।

कुष्मान्डा – देवी कुष्माण्डाको पूजाले सूर्यको नराम्रो प्रभाबबाट जॊगाउँछ ।

स्कन्दमाता – देवी स्कन्दमाताको पूजाले बुध ग्रहको नराम्रो प्रभाव कम हुन्छ ।

कात्यायनी – देवी कात्यायनीको पूजा गर्नाले बृहस्पतिको नराम्रो प्रभाव कम हुन्छ ।

कालरात्रि – देवी कालरात्रिको पूजाले शनिको नराम्रो प्रभाव कम हुन्छ ।

महागौरी – देवी महागौरीको पूजा गर्नाले राहुको नराम्रो प्रभाव कम हुने विश्वास छ ।

सिद्धिदात्री – देवी सिद्धिदात्रीको पूजा गर्दा केतुको नराम्रो प्रभावलाई कम गर्न मद्दा पुग्दछ ।

प्रतिक्रिया दिनुहोस्