Logo

के तपाईलाई पटकपटक रिंगटा लाग्छ ? ध्यान नदिदाँ लाग्न सक्छ यस्तो घातक रोग



Spread the love

एजेन्सी । रिंगटा लाग्दा कहिलेकाहीं टाउको हलुंगो भएको जस्तो हुने र सीधा हिंड्न पनि गाह्रो हुने हुन्छ । र, कतै बेहोशै हुन्छु कि जस्तो पनि लाग्न सक्छ। उभिँदा, हिँड्दा वा टाउको हल्लाउँदा झनै बढ्ने यस्तो अनुभूति कहिलेकाहीँ केही क्षण मात्र हुने र हराएर जाने गर्छ भने कहिले केही मिनट, घण्टा वा दिनौं सम्म पनि रहिरहन सक्छ ।

लगातार रिंगटा लाग्नु वा पटकपटक रिंगटा लाग्नु, दुबै अवस्था मा तपाईंको दैनिक जीवन प्रतिकूल रुप मा प्रभावित हुनसक्छ । आफै कम भएर जाने वा उपचार पछि छिटै निको हुने खालको रिंगटा खासै गम्भीर हुँदैन । तर यदि दिमाग को रोग को कारण रिंगटा लागेको हो भने त्यो चाहिँ प्राणघातक पनि हुन सक्छ ।

रिगंटा लाग्दा भने के गर्ने
-रिंगटा लागेको बेलामा नचलीकन आराम सँग बस्ने
-अचानक छिटो छिटो शरीरको स्थितिलाई परिवर्तन नगर्ने
-रिंगटा लागेको बेला चम्किलो प्रकाशमा हेर्ने, पढ्ने आदि काम गर्नु नगर्ने
-गाडी चलाउने, रुख चढ्ने, पौडी खेल्ने आदि क्रियाकलाप लक्षण देखिन छाडेको एक हप्ता सम्म गर्नु हुँदैन।
-सम्भव भए अमलाको सर्वत पिउने ।
-धेरै मसलेदार वा चिल्लो खानेकुरा सेवन नगर्ने ।
-हरेक दिन ७ गिलास पानी पिउने ।

प्रतिक्रिया दिनुहोस्