Logo

भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन



Spread the love

एजेन्सी । टेलिभिजन श्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ। मंगलबार ८२ वर्षीय त्रिवेदीको मुम्बईमा निधन भएको हो।

हृदयघात भएर शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि उनको निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

४० वर्ष गुजराती फिल्ममा काम गरेका त्रिवेदीले हिन्दी र गुजराती गरी झन्डै तीन सय फिल्ममा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्