Logo

उपेन्द्र अर्यालको मालिका सभापतिमा उम्मेदवारी



Spread the love

१८ असोज, गुल्मी । नेपाली काँग्रेस गुल्मीको १४ औ महाधिवेशन अन्तर्गत गुल्मीका ९३ वटा वडाको अधिवेशन सम्पन्न भैसकेको छ । अहिले गुल्मीमा स्थानीय तह गाउँ नगर अधिवेशनको तयारी जुटेको छ । गुल्मीको मालिका गाउँपालिकाबाट सभापतिको लागि छायाँ सरकार प्रमुख अर्यालले गाउँपालिकाबाट सभापतिमा उम्मेदवार दिएका छन् ।

अर्याल सोही गाउँपालिका वार्ड न ४ का स्थानिय हुन् । उपेन्द्र अर्याल बाहेक मालिका गाउँपालिकाको अधिवेशनमा पार्टीको तर्फबाट सभापतिमा अहिलेसम्म अरू कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

अग्रजको सम्मान, युवाहरूको क्रियाशीलता र आम नागरिकहरूको पार्टी प्रति सकारात्मक चिन्तनलाई शिरोपर गरी समृद्ध मालिकाको लागि सबल काँग्रेस निर्माणमा अनवरत रूपले लाग्ने प्रण गरेर उम्मेदवारी दिएको उनको भनाइ छ । २०५१ सालमा नेपाल विद्यार्थी सङ्घमा सङ्गठित भएर राजनीति सुरु गरेका अर्याल स्थानीय चुनाव २०७४ मा मालिका गाउँपालिका ४ अर्खावाङको नेपाली काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार थिए । हाल उनी नेपाली काँग्रेसले बनाएको मालिका गाउँपालिका छायाँ सरकार प्रमुख छन् ।

अर्याल युवा तथा जुझारु, परिपक्व नेता तथा छायाँ सरकार प्रमुख पनि भएकोले उनको सभापति उम्मेदवारी घोषणाको छुट्टै वजन रहने उनी निकट काँग्रेस कार्यकर्ताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्