Logo

जीवनमा सबै समस्याको समाधान चाहनुहुन्छ ?सूर्यदेवको पूजा गर्नुहोस् मिल्नेछ लाभ



Spread the love

एजेन्सी । जब जब ग्रहहरु गोचर गर्दै एकपछि अर्को नक्षत्र र राशिमा जान्छन्, तब हरेक राशि र नक्षत्र भएका मानिसमा त्यसको प्रत्यक्ष सकारात्मक, नकारात्मक असर पर्छ । यसको मुख्य कारण सम्बद्ध ग्रहसँग सम्बन्धित महादशा, अन्तरदशा तथा सूक्ष्मदशाहरु ती राशि वा व्यक्तिलाई लाग्न जानु हो । दशा शब्दको खास अर्थ समय हो हाम्रो जीवनमा ग्रहको गोचरले सकारात्मक र नकारात्मक प्रभावहरु पारिरहेका हुन्छन्।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ । आइतबार सूर्यदेवको बार भएकोले सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।

हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।
सुर्य देवलाई यसरी खुसि बनाउनुहोस्।
-हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण गर्नु पर्दछ ।
-यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

प्रतिक्रिया दिनुहोस्