Logo

ब्यस्त जीवनशैलीमा गहिरो श्वास लिन किन आवश्यक ?



Spread the love

एजेन्सी । खराब जीवनशैली रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधारमात्र नभएर रोगहरूको औषधि पनि हो । खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् । स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग जस्ता डरलाग्दा रोगहरू अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ ।

हामीले प्रत्येक दिन खाने खानामा हरिया सागसब्जी, फलफूल, रेसादार खाना, झोलयुक्त खाना भन्ने बुझिन्छ । हामीले आफूलाई स्वस्थ राख्नका लागि हरेक दिन चार/पाँच पटक फलफूलको सेवन गर्नैपर्छ । यसबाहेक खानामा सागसब्जीको मात्रा बढी हुुनुपर्छ । बिहान ब्रेकफास्ट गर्न भुल्नु हुँदैन । बिहानको ब्रेकफास्टले हरेक व्यक्तिलाई आवश्यक उर्जा तथा शरीरका लागि आवश्यक शक्ति प्रदान गर्छ ।

जब तपाईं चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईंको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईंको मुटु र मस्तिष्कतर्फ बढ्छ ।
-तनाव कम हुन्छ
गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ ।
-रक्त प्रवाह ठिक हुन्छ
डायफ्रम माथि र तल हुँदाह रक्त प्रवाहको गति बढ्छ । यसबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्छ ।
-इम्युनिटी बलियो हुन्छ
गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ ।
-दुखाई महसुस कम हुन्छ
जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।

प्रतिक्रिया दिनुहोस्