Logo

चलचित्र ‘डमरुको डण्डीबियो’को पहिलो गित रिलिज (भिडियो)



Spread the love

छेतेन गुरुङले निर्देशन गर्न लागेको चलचित्र ‘डमरुको डण्डीबियो’ मा समाबेश पहिलो गीत  रिलिज गरिएको छ । तीते पाती बोलको गीतमा कालिप्रसाद बास्कोटाको संगित तथा , काली, एकतारे र हर्क साउदको शब्द रहेको छ । नेपालको पुरानो खेलकोरुपमा लिईएको खेल डण्डीबियोमाथि बनेको यस चलचित्रको उक्त गीतमा खेलका लागि तयारी गरिरहेको देख्न सकिन्छ ।Damaaruko_Dandibiyo_poster_3-1चलचित्रमा खगेन्द्र लामिछाने , मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अनुप कोचको रुपमा देखिएका छन् । ‘डमरुको डण्डीबियो’मा  विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा निर्माण हुन लागेको हो ।चलचित्रमा खगेन्द्रसंगै छेतनले पनि कथा लेखनमा सहकार्य गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा खेलमाथि निकै औलामा गन्न सकिने चलचित्रहरु बनेका छन् भने कोही अझै बन्ने तयारीमा रहेका छन् । त्यसमध्येको एक चलचित्र डमरुको डण्डीबियो कत्तिको रुचाईन्छ त्यो भने हेर्न बाँकी नै छ । यो फिल्म वर्ष २०७५ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् गीत:

https://youtu.be/I13PeRKj5Zk

प्रतिक्रिया दिनुहोस्