Logo

धनको अभाब नहोस् भन्ने चाहनुहुन्छ ? तुलसीको बोटलाई यो दिशामा राख्नुहोस् !



Spread the love

एजेन्सी । धार्मिक मान्यताअनुसार तुलसीलाई भगवान् विष्णुको रूपमा लिइने गरिन्छ । खासमा तुलसी पाँच प्रकारका छन । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः जताततै पाइन्छ । यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक छन । तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन् । हिन्दूहरू घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन् । तुलसीमा बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुनुपर्छ ।

विभिन्न अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेटदुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लागि गरिने देखाएका छन् । तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन् । यसकारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ ।

तुलसी राखेको ठाउँ जहिले पनि सफासुग्घर राख्नुपर्छ । तुलसीको बोट घरको आँगनमा, केन्द्र भागमा वा पूर्वोत्तर दिशामा राख्नुपर्छ । बाल्कोनीमा वा झ्यालको उत्तर वा उत्तरपूर्व दिशामा पनि राख्न सकिने बास्तुशास्त्रले बताउँछ।

उत्तरपूर्व दिशा धनका देवता कुबेरको दिशा मानिन्छ । त्यसैले आर्थिक समृद्धिका लागि तुलसी उत्तरपूर्व दिशामा राखेको राम्रो हुन्छ ।
तुलसीको मोठमा साँझ दियो बाल्दा माता लक्ष्मीको कृपा बर्सिन्छ भन्ने मान्यता छ । साथै, तुलसीसँग सिउँडी वा काँडादार कुनै पनि बोटबिरुवा राख्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्