१५ असोज, काठमाडौँ । केही दिन लगातार घटेको सुनको मूल्य साताको अन्तिम दिन आज तोलामा ९ सय रुपैयाँले बढेको छ । तोलामा ९ सय रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादीँ महासंघले जानकारी दिएको छ ।
हिजो तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलामा ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर ११ सय ४० रुपैयाँ मा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्