Logo

शनिको साढेसातीबाट छुटकारा चाहनुहुन्छ ?अपनाउनुहोस् यी उपाय



Spread the love

एजेन्सी। मंगलबार र शनिवारका दिन हनुमानको व्रत बसि पूजा आराधना गरिन्छ। मंगल ग्रह बलियो पार्न हनुमानको पूजा–आराधना वा उनीसंग सम्बन्धित उपाय गर्न सकिन्छ ।

शनि ग्रहका कारण कष्ट भइरहेको छ भने यस्ता व्यक्तिले शनिवार हनुमानलाई लेप लगाउनु पर्दछ । यसकालागि मन्दिरमा हनुमानको प्रतिमा सामु घिउमा दियो बालेर उनको प्रतिमालाई गंगा जलद्धारा अभिषेक गर्नु पर्दछ । त्यसपछि सफा कपडाले प्रतिमा पुछ्नु पर्दछ । त्यसपछि सिन्दूरमा घिउ मिलाएर लेप बनाइ लगाउनु पर्दछ ।

यसरी हनुमानलाई लेप लगाउँदा सबैभन्दा पहिले बायाँ चरणमा लगाउनु पर्दछ । त्यसपछि मात्र बाँकी भागमा लगाउनु पर्दछ । त्यसपछि हनुमानलाई सफा वस्त्र र जनै धारण गराउनु पर्दछ । त्यसपछि रेशमको रातो धागो अर्पित गर्नुपर्दछ । यो धागो जातकले धारण गर्नु अत्यन्त शुभ मानिन्छ । र अन्त्यमा भगवानलाई भोग लगाएर आरती गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्