Logo

मुख्यमन्त्री लालबाबु राउतले असोज २० मा विश्वासको मत लिने



Spread the love

१३ असोज, काठमाडौँ। असोज २० गते प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । जनता समाजवादी दल विभाजित भएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

बुधवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले असोज २० गतेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग सिफारिश गरेको बताईएको छ।

जनता समाजवादी दल विभाजन भएर लोकतान्त्रिक समाजवादी दल बनेको छ । प्रदेश २ मा जनता समाजवादी पार्टीका ५५ सांसद रहेकामा १६ जनाले लोकतान्त्रिक समाजवादी दल रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्