Logo

सन्तानको स्वास्थ्यको कामना गर्दै आमाहरू जितिया पर्व मनाउँदै



Spread the love

१३ असोज, बारा। आज तराईका जिल्ला लगायत अन्य क्षेत्रहरूमा पनि जितिया पर्व मनाइँदै छ । सन्तानको स्वास्थ्यको कामना गर्दै मनाईने यो पर्वमा बिहानैं नजिकैको तालतलैया, नदी लगायतका जलासयमा स्नान गरी तोरीको तेल र पिना चढाउने परम्परा सहिँत जितिया पर्व श्रद्धा पूर्वक मनाउन थालिएको हो ।

आमाहरूले आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन सम्म मनाउने यो पर्वमा पहिलो दिन मंगलवार स्नान गरेर मात्रै चोखो खाने कुरा खाएर सुरूवात गरेका थिए । भने बुधवार आज दिन भर उपवास बसेर बिहिवार पर्वको अन्तिम दिनको पुजा पस्चात अन्न ग्रहण गर्ने छन् । थारु समुदायले जितिया पर्वलाई विजय अर्थात् जितका रूपमा मनाउँने गर्दछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जितिया पर्वका अवसरमा शुभकामना दिँदै हाम्रो संस्कृति र संस्कारमा आफ्नों विशिष्ट पहिचान र विशेषता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्