Logo

के तपाई जीवनमा सफलता चाहनुहुन्छ ? एकपटक यी भनाईलाई मनन गर्नुहोस् !



Spread the love

जीवनमा सफलता त्यही व्यक्तिले हात पार्छ जो निरन्तर आफ्नो लक्ष्यका लागि तल्लिन रहन्छ । हरेक मानिस सफल हुन चाहन्छन् । तर सफलताको बाटो त्यति सजिलो छैन तर सम्भव भने पक्कै छ । मानिसले कडा परिश्रमपछि सफलता प्राप्त गर्न सकिन्छ, कहिले काहीँ परिश्रमसँगै बाटोमा थुप्रै हतोत्साहीत गर्ने खालका नैरश्यता, पिडा एवम् उदाशिनताहरु भेटिन्छन् ।

तर, जब त्यो बाटोको अन्त्यमा पुगिन्छ, तब विजयीभावको आनन्द भेटिन्छ । उकालो चढ्न जतिगाह्रो हुन्छ उचाईबाट देखिने दृश्य सुन्दर हुन्छ । आफ्नो लक्ष्यको बाटोमा उभिएकाहजारौँ अवरोध पार गदैँ आफ्नो गन्तव्यमा पुग्दा आफैँ प्रतिगर्व महसुस हुने गर्दछ । तपाई आफ्नै जीवनदेखि सन्तुष्ट र खुशीहुनुहुनेछ ।के तपाई जीवनमा सफलता चाहनुहुन्छ एकपटक यी भनाइलाई मनन गर्नुहोस्


-बदला लिएर होइन बदलिएर देखाऊ, दुनियाँ फरक पाउनेछौ ।
-एउटा ढोका बन्द हुदाँ के तिमीलाई थाहा छ दोस्रो खुलेको हुन्छ
-यदि सफलतम जीवन जिउनु छ भने, हामीले असफलताको भय त्याग्नु पर्दछ ।
-जीवनलाई भागेर होइन ‘भोगेर’ जिउनुपर्दछ ।
-हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
-यदि तिमीले व्यक्तिलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
-जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।
-असम्भव भन्ने कुरो वास्तवमा हाम्रो भ्रम मात्र हो ।
-अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले आफ्नाबारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।

प्रतिक्रिया दिनुहोस्