Logo

३९ दिनका नवजात शिशुको ७१ हड्डी तोडेर आफ्नै बाबुले गरे हत्या



Spread the love

एजेन्सी । बेलायतस्थित वार्मलीको साउथ ग्लास्टरशायरमा बस्ने जेम्स क्लार्क नामका ३१ वर्षीय पुरुषले आफ्नो ३९ दिनका छोरा सीन क्लार्कमाथि हमला गरेका छन् ।आफ्नै बुवाको आक्रमणबाट शरीरका दर्जनौं हड्डी भाँचिएका, जिउमा गहिरो चोट लागेको र मस्तिष्कमा पनि रक्तश्राव भएको कारण ती छोराले ज्यान गुमाएका हुन्।

उनको आक्रमणबाट शिशुको शरीरका ७१ वटा हड्डी तोडिए र सोही चोटका कारण शिशुको मृत्यु भयो । रातको समयमा आफ्नै बाबुको आक्रमणमा परेका नवजात छोरालाई अर्को बिहान उनकी आमाले मृत अवस्थामा फेला पारेकी थिइन् ।

सन् २०१८ मा भएको यो घटनाको मुद्दाको सुनुवाइ गर्दै ब्रिस्टोल क्राउन कोर्टले ती बाबुलाई जन्मकैदको सजाय सुनाएको छ । शिशु हत्याको अभियोगमा दोषी ठहर भएसँगै अब क्लार्कले कम्तीमा १५ वर्ष जेलमा बस्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्