Logo

के तपाईको छिटै निदाउने बानी छ ? यि कुरामा ध्यान नपुर्याउदा लाग्न सक्छ घातक रोग



Spread the love

एजेन्सी। कतिपय मानिसहरु बेडमा पल्टिने बितिकै निदाइहाल्छन् भने कतिलाई निदाउन धेरै समय लाग्ने गर्छ। यदि तपाईंको छिट्टै निदाउने बानी छ भने राम्रो कुरा यो होकि तपाईं सजिलै निदाउन सक्नुहुन्छ। नराम्रो कुरा याे हाे कि तपाईंको शरीरलाई बढी निद्रा आवश्यक परेका कारण भुसुक्क निदाउनुहुन्छ।

छिटै निदाउनु स्वास्थ्यका लागि निकै राम्रो हुन्छ तर स्वास्थ्य विज्ञका अनुसार छिटो निदाउनु पनि स्वास्थ्यका लागि केही अवस्थामा हानिकारक हुने गर्छ । यदि तपाईं तीन मिनेट भित्रै निदाउनु हुन्छ र सुतेर उठेपछि ताजा महसुस गर्नुहुन्छ भने तपाईंले यसमा चिन्ता गर्नुपर्ने कुरा छैन । यद्यपि, कतिपय अवस्थामा भने तपाईंलाई निद्रा नपुगिरहेका कारण तपाईं बेडमा पल्टिने बित्तिकै निद्रा लागेको हुनसक्ने पनि यसले संकेत गर्ने स्वास्थ्य अधिकारी बताउँछन् ।

देखिन सक्छ यस्ताा समस्याहरू

यदि तपाईं राती ६ घण्टा पनि कम सुत्नुहुन्छ भने तपाईंको शरीरले पर्याप्त निद्रा पाइरहेको छैन । यसैकारण पनि तपाईंलाई जतिबेला पनि निद्रा लागिरहेको जस्तो महसुस हुन्छ । खानपिनजस्तै तपाईंको शरीरलाई पनि निद्रा त्यति नै आवश्यकता पर्छ ।

प्रतिक्रिया दिनुहोस्