Logo

प्रेमिकाको लागि महिला बनेर परीक्षा दिन पुगे प्रेमी



Spread the love

एजेन्सी। पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी प्रेमिकाको परीक्षा दिदैँ गर्दा पक्राउ परेका छन् । गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका बेला पक्राउ परेका हुन्।

२२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई मद्दत गर्ने निर्णय गरेका र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरेका थिए । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए । तर चौथो दिन एक सुपरभाइजरलाई खादिममाथि शंका लागेर अनुसन्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो ।

खादिमले प्रेमिकामाथि कुनै प्रकारको संकट आउन दिएनन्, अपराध जति सबै आफ्नो टाउकोमा लिए ।

प्रतिक्रिया दिनुहोस्