Logo

गुल्मीमा एमसिसीविरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने संयुक्त मोर्चाको निर्णय



Spread the love

३० भदाै, गुल्मी । गुल्मीमा केही दिन यता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध छुट्टाछुट्टै आन्दोलन गरेका राजनैतिक दलहरुले अब भने संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेका छन् । एमसिसीविरुद्धको आन्दोलनलाई गुल्मीमा थप शसक्त बनाउने संयुक्त मोर्चाले निर्णय समेत गरेको छ ।

२२ दलीय गठबन्धन संबद्ध जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलहरुले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै आफ्नो धारण सार्वजनिक गरेका छन् ।


६ दलका नेताहरुले हस्ताक्षर गरेको प्रेस वक्तव्यमा एमसिसि सम्झौता नेपालको सार्वभौमिकता, अखण्डता र असंलग्न परराष्ट्र नीति विरुद्ध रहेको उल्लेख गर्दै यसका विरुद्ध निरन्तर संघर्ष गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

‘राष्ट्रघाती एससिसि सम्झौताविरुद्ध गरिएको आन्दोलन दबाउन सरकारबाट गरिएको क्रियाकलापको घोर भत्र्सना गर्दछौँ’, प्रेस वक्तव्यमा भनिएको छ । त्यस्तै एमसिसि संशोधन नभइ खारेजी नै हुनुपर्ने माग समेत मोर्चाले गरेको छ । एमसिसि खारेज नभएसम्म निरन्तर आन्दोलन गर्ने खवरदारी गर्न आम जनसमुदायलाई अपिल गर्ने प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रेस वक्तव्यमा नेपाल कम्युनिस्ट पार्टीका हिमाल शर्मा,नेकपा (मसाल) का ओमेन्द्र कुँवर, नेकपा (क्रान्तिकारी) माओवादीका अविरल,नेकपा (माले)का निर्मला पोख्रेल, राष्ट्रिय जनमोर्चाका जीवन राना र देश भक्त जनगणतान्त्रिक मोर्चाका तेजकुमारी थापाले हस्ताक्षर गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्