Logo

छुट पाउनका लागी नयाँ प्रविधिको प्रयोग : सेविका डिस्काउन्ट कार्ड



Spread the love

२९ भदाै, बुटवल । छुटै छुटको बर्षा ( एक घर एक काड) बुटवल :” Saving is Next Income” मुल नाराकाे साथ काेराेना कहर बीच सेविका डिस्काउन्ट काडकाे प्रक्षेपण भएको छ । विभिन्न ग्राहक बर्गको सुबिधालाई लक्षित गर्दै बुटवल सहित भैरहवा र खैरेनी सम्म प्रथम चरणमा प्रक्षेपण भएको संस्थाका प्रमुख स्वस्तिका भण्डारीले जानकारी गराउनु भएको छ । सेविका डिस्काउन्ट काड यस्तो काड हो जसबाट २ वर्षको अवधि सम्म तपाईंले ५० भन्दा बढी ब्रान्ड र बिधा मा ५०% सम्म छुट प्राप्त गर्न सकिने छ । सेविका डिस्काउन्ट काडमा आवद्ध सबै विधाका पसल र संस्था हरुबाट छुट पाउन सकिने छ।

एउटै काड परिवारका सबैले यो सेवा उपयोग गर्न सकिने छ। वडा दशैँको मुखमै सुरु भएकाे डिस्काउन्ट काडले होटेल , रेस्टुरेन्ट , फेन्सि , सुन चादी पसल, पार्टी प्यालेस , रिकन्डीसन लगाएत अन्य धेरै भन्दा धेरै बा्न्ड र बिधामा छुट उपलब्ध गराउने संस्थाका संचालक बिपुल आचार्यले जानकारी गराएका छन, साथै उनले बुटवल, खैरेनी एवं भैरहवामा करिब ८०० पसल एबम संस्थाहरु सेविका डिस्काउन्ट काडमा आवद्ध भएको जानकारी गराएका छन । त्यस्तै कम्पनीका बजार व्यवस्थापक अच्युत घिमिरेकाे अनुसार बजारमा करिब ३००० काड बिकि् वितरण भएको र आगामी २ महिना भित्र साे क्षेत्रमा ४०००० काड बिक्री वितरण हुने गराएका छन । जस्ले ब्यापारी हरुलाई ४०००० गा्हककाे प्ल्याटफर्म उपलब्ध गराउने छ। त्यस्तै ग्राहकहरुले पचास भन्दा बढी ब्रान्ड र विधाकाे सपिङ मा ५०% सम्म छुट प्राप्त गरेर मौकाको फाइदा उठाउन सक्ने कुरा अच्युत घिमिरेले गराएका छन ।

उनको अनुसार सेविका डिस्काउन्ट काड काेराेनाकाे कहर बिच आर्थिक मलम बनेर आएको बताए । घिमिरेले बताएअनुसार अबको केही दिनमा छुट उपलब्ध हुने सबै जानकारी application बाट पनि जानकारी लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्