Logo

कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीमा २ जना पक्राउ



Spread the love

२८ भदाै, गुल्मी । गुल्मीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादी रहेका छन् ।

चन्द्रकोट गाउँपालिका –७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिए । भदौ २४ गते मादक पर्दाथ सेवन गरेर चन्द्रकोटको मजुवा बजार नजिकै उनलाई कुटपिट गरिएको बताईएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।


घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतक शिवबहादुर पुलामी र हत्याका आरोपीहरु नातागोता रहेको प्रहरीको प्राम्भिक अनुसन्धानमा खुलेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्