Logo

प्रताप दासको आवाजमा ‘अनुराग’को गीत रिलिज [भिडियो]



Spread the love

चलचित्र ‘अनुराग’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो स्वर’बोलको उक्त लिरिकल भिडियोमा प्रताप दासले स्वर दिएका छन् ।गीतमा चलचित्रका निर्देशक सत्यराज चौलागाईको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको छ। ऋषि धमला पत्नी एलिजा गौतमले निर्माण गरेको चलचित्र ‘अनुराग’को सम्पूर्ण छायाङ्कन सकिएको छ । यति बेला चलचित्रको पोस्टप्रोडक्सनको काम भइरहेको छ ।

चलचित्रमा एलिजाको साथै नव–नायक समुन्द्र पण्डितको मुख्य भूमिका रहेको छ । चलचित्र यही आउँदो जेठ ११ गतेबाट प्रदर्शन हुनेछ ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/MuB3mqE3S60

प्रतिक्रिया दिनुहोस्