२७ भदाै, गुल्मी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीले आइतबार एमसिसीविरुद्ध विरोध प्रर्दशन गरेको छ । ‘राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, दलाल सरकार होसियार, हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लगाउFदै सदरमुकाम तम्घास बजारमा विरोध प्रदर्शन गरेको हो ।

तम्घासको मिलन चोकबाट सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय अगाडी आएर कोँण सभामा परिणत भएको थियो । कोँण सभालाई नेकपाका नेता तारा पोख्रेल र वसन्त गैरेले सम्बोधन गरेका थिए ।

दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका गैरेले चौतर्फी विरोध भइरहेको एमसिसी सरकार र केही नेताले कमिशनको लागि अगाडी बढाउन खोजेको बताए । एमसिसी राष्ट्रको लागि घातक रहेको साबित भइसकेको बताउँदै यसको विरुद्ध सबै नेपाली एकजुट भएर विरोध गर्नु पर्ने उनको धारण छ ।

त्यस्तै, नेकपाका जिल्ला सदस्य तारा पोख्रेलले एमसिसी सम्झौता तत्काल खारेज नभए नेपाली जनताले विद्रोह गर्ने चेतावनी दिएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी न्यौपानेले पनि एमसिसी सम्झौता खारेजको माग गर्दै आगामी दिनमा सबै पार्टी र देशभक्त नागरिकले संयुक्त रुपमा आन्दोलन गर्नु पर्ने बताए ।