Logo

गुल्मीमा बेपत्ता भएकी ३ वर्षीया बालिका मृत फेला



Spread the love

२७ भदाै, गुल्मी । शनिबार बिहानदेखि बेपत्ता भएकी गुल्मीकी तीन वर्षीया बालिका मृत फेला परेकी छन् ।
जिल्लाको मदाने गाउँपालिका २ बाझकटेरीकी तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
उनी घरबाट करिब ५०० मिटरको दुरीमा रहेको झाडीमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । घटनास्थल तर्फ इलका प्रहरी कार्यालय पुर्कोट दहको टोली प्रस्थान गरेको र आवश्यक परे जिल्लाको टोली समेत जान सक्ने उनले बताए ।

उनि शनिबार हजुरआमासँग पञ्चमीको पुजामा गएदेखि परिवारसँग सम्पर्क विहीन भएको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्