Logo

नवौं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा नेपाल जियोटेक्निकल सोसाइटीद्वारा फोटो प्रतियोगिता हुँदै



Spread the love

यही असोज १ गते हुन गइरहेको नवौं राष्ट्रिय विज्ञान दिवसको उपलक्ष्यमा नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) ले राष्ट्रव्यापी फोटो प्रतियोगिता आह्वान गरेको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आयोजित उक्त प्रतियोगितामा समग्र इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, अझ विशेषगरी सिभिल इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, जियोटेक्निकल इन्जिनियरिङका विद्यार्थी-प्रोफेसनल, जियोलोजी र इन्जिनियरिङ जियोलोजीका विद्यार्थी-प्रोफेसनल एवं भू-विज्ञानमा रुचि राख्ने सम्पूर्ण अध्ययन-अनुसन्धानकर्ताले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिता‘विपद् न्यूनिकरण तथा व्यवस्थापनका लागि विज्ञान-प्रविधि’ भन्ने मुल विषयवस्तुमा आधारित रहेर ३५ वर्ष उमेर ननाघेकाहरूलाई लक्षित गरिएको छ । प्रतियोगितामा सहभागी हुन यही भदौ ३१ गते विहीबार साँझ ७ बजेसम्म फोटो पठाइसक्नु पर्नेछ ।

आयोजक एनजीएस नेपाली जियोटेक्निकल इन्जिनियर तथा वैज्ञानिकहरू सम्मिलित गैरनाफामूलक एक साझा संस्था हो । यसको स्थापना सन १९९४ मा भएको थियो । मे १८ मा यसले आफ्नो स्थापनाको २७ औं वर्ष पार गरिसकेको छ । एनजीएसले विशेषत: जियोटेक्निकल इन्जिनियरिङ र भू–विज्ञानको क्षेत्रलाई विकास गर्दै मानव समुदायको कल्याणका लागि जेयोटेक्निकल इन्जिनियरहरूको पेशागत सबलीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । यही उद्देश्यका साथ यसले विभिन्न लेक्चर, सेमिनार, वेबिनार तथा वर्कशपहरूको नियमित आयोजना गर्ने गरेको छ । अहिलेको यस फोटो प्रतियोगितामार्फत् इन्जिनियरिङका विद्यार्थी एवं प्रोफेसनलमा विपद् न्यूनिकरण तथा व्यवस्थापनमा विज्ञान-प्रविधिको महत्वबारे चेतना अभिवृद्धि गराउने उद्देश्य राखेको संस्थाका महासचिव ई. मन्दीप सुबेदीले बताएका छन् ।

प्रतियोगिताका प्रथम विजेताले रु. २० हजार, द्वितीयले रु. १२ हजार ५ सय, तृतीयले रु. ७ हजार ५ सय र शान्त्वना स्वरुप २ जनाले रु. ५ / ५ हजार प्राप्त गर्नेछन् । विजेताहरूलाई नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सन् २०२२ मा हुन गइरहेको इन्टरनेश्नल कन्फरेन्स एवं सोही वर्ष प्रकाशित हुने स्मारिकामा समेत फिचर गरिनेछ । यसैगरी, सहभागी सबैलाई प्रंशसा पत्र सहितको सहभागिता प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

फोटो प्रतियोगितामा निम्नानुसारको विषयवस्तुमा आधारित फोटोहरू पठाएर रहेर सहभागी हुन सकिनेछः

  • भू-विपद् एवं जियोटेक्निकल इन्जिनियरिङ संरचनाहरू (Geohazards and Geotechnical Engineering Structures)
  • भू-विपद् प्रतिरोधी संरचनाहरू (Geodisaster-resilient Infrastructures)
  • इन्जिनियरिङ जियोलोजी (Engineering Geology)
  • भू-विपद् अध्ययन (Geohazard investigation)
  • भू-जोखिम न्यूनिकरण (Geodisaster mitigation)
  • भू-जोखिम न्यूनिकरणका लागि आधुनिक प्रविधि (Innovative technology for geodisaster mitigation)

प्रतियोगिताका लागि पठाइने फोटो सन २०१५ देखि यता खिचिएको हुनु पर्नेछ ।

फोटो प्रतियोगिताबारे अन्य विस्तृत जानकारी सहितको फोटो पठाउने ठेगानाः

https://docs.google.com/forms/d/e/1FAIpQLSfB8J6nI9WVjzmSUgZJvYmpnGS6ZXPlLkTSJj4Bc02N5ruCZA/viewform?fbclid=IwAR1edgAYnHcknQpFIsgrtRY_bJZWD-JQfh0lleQl9nI0rBEC28xknwBmX0Y

प्रतियोगिताको नतिजा नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को फेसबुक पेज तथा वेबसाइटबाट सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्