Logo

सुदूरपश्चिममा भूकम्पको धक्का



Spread the love

२६ भदाै, काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ मिनेटमा यहाँ धक्का महसुस गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलब ३ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्