पुल्चोकका क्याम्पसका बिधार्थीले देशै भरि भइरहेका यौन हिंसाका घटनाहरूको विरुद्ध, पीडित पक्षको न्यायको निमित्त र दोषी उपर तत्काल कडा कारबाहीका लागि दबावमुलक कार्यक्रम सम्पन्न गरेका छन् ।
यौन शोषण रोक्न खबरदारी, दोषीलाई तत्काल कारबाही भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न गरेको विद्यार्थी अमृत अधिकारीले जानकारी दिए ।
हाल देशै भरि सुनिँदै आइरहेको यौन हिंसाका घटनाहरूको विरुद्ध, पीडित पक्षको न्यायको निमित्त र दोषी उपर तत्काल कडा भन्दा कडा कारबाहीका लागि दबावमुलक कार्यक्रमको आयोजना गरिएको स्वतन्त्र बिधार्थी युनियनका अध्यक्ष रोशन थापा मगरले सल्लेरी खबरलाई बताए ।
कार्यक्रममा पुल्चोक क्याम्पसका करिब २५० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्